रवि लामिछानेप्रति बाबुरामको टिप्पणी चटकेले केही गर्न सक्दैन 



काठमाडौँ । नेपाल समाजवादीका अध्यक्ष डा.बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने चटके प्रवृत्तिबाट आएको  भन्दै  उनले केही गर्ने नसक्ने बताएका छन् ।  उनले रवि लामिछानेसँग एजेन्डा र सिद्धान्त पनि नभएको बताएका छन् ।

‘कम्युनिस्ट पार्टी स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रमलाई बोल्दै उनले यस्तो बताएका हुन् । जुन हावा दक्षिणतिरबाट बगेको छ। त्यो डरलाग्दो छ। झट्ट हेर्दा नदेखिन सकिन्छ। पपुलिजमका रूपमा कुनै विचार धारा छैन, सिद्धान्त छैन, यत्रा गम्भीर समस्याको कुनै विश्लेषण छैन। म आएपछि सबै गर्दिन्छु भनेर एउटा मान्छे उफ्रिन्छ, अनि गरिब बाध्य भएर विदेशियका जनता त्यसैलाई ताली पिट्छन्। के त्यो जादुगर हो? यस्तो चटकेहरूले केही गर्न सक्दैनन् ‘, उनले भने ।

साथै उनले हिजोको माओवादी धारका क्रान्तिकारीहरूलाई गाली गरेर जनतामा भ्रम छरेको आरोप लगाए।  कार्यक्रममा बोल्दै उनले  कम्युनिस्टहरू मिलेर नजाने हो देशको अवस्था झन् जटिल बनेर जाने बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्