प्रचण्ड र माधव नेपालले कम्युनिस्टको झन्डा राख्नु बेकार हो :ओली 



काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधव नेपालले नेपालमा कम्युनिस्ट आन्दोलनलाई  ध्वस्त पार्ने काम गरेको आरोप लगाएका छन् । एमाले अध्यक्ष अ‍ोलीले  यी दुई नेताहरूले सस्तो मूल्यमा बिकेर कम्युनिस्ट पार्टीलाई ध्वस्त पारेको बताएका हुन् । कम्युनिस्ट पार्टी स्थापना दिवसको विशेष कार्यक्रममा बोल्दै उनले उनीहरूले कम्युनिस्ट पार्टीको झन्डा राख्नु नै विकार भएको बताए ।

‘दुई तिहाइ पुर्यायौंँ हामीले , पार्टी एकता गरेर। तर, टुप्पामा बस्ने नेताहरूलाई सहिसक्नु भएन र विके। यतिकै उनीहरूले कम्युनिस्ट पार्टी ध्वस्त पारेको होइन होला!सस्तो मूल्यमा बिके! के कस्तो मुल्य उहाँहरुलै जान्नुहोला!बाहिरबाट देख्ने धेरै कुरा हामीले देखेका छौं!भित्रीकुरा उहाँहरुनै जान्नुहोला’ ,उनले भने । साथै ओलीले कार्यक्रममा सबै वामपन्थीहरूलाई एमालेमा आउन  पनि आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्