सकारात्मक प्रतिक्रियाबाट उत्साहित जितनारायण श्रेष्ठ



काठमाडौँ। चितवन क्षेत्र नम्बर २ को उपनिर्वाचनमा नेपाली काँग्रेसका उम्मेदवार जितनारायण श्रेष्ठले मतदान स्थल पुग्दा आफ्नो पक्षमा उत्साहजनक स्थिति बनेको आफू खुसी रहेको बताएका छन् ।

पत्रकारहरूसँग कुरा गर्दै श्रेष्ठले भने , उपनिर्वाचनमा हाम्रै भाइ, हाम्रै छिमेकी, हाम्रै दाइ, हाम्रै छोराले चुनाव लड्या छ भन्ने ढङ्गबाट रेस्पोन्स पाउँदा उत्साहित भएको बताए । ‘मतदाताहरूको आँखामा आँखा जुधाएर हेर्दा पनि निर्वाचन जित्ने कुरामा विश्वस्त छु ।

११ मतदान स्थलमा पुगिसकेको र सबै ठाउँबाट सकारात्मक प्रतिक्रिया पाइरहेको श्रेष्ठले बताए । तर उपनिर्वाचनमा आम निर्वाचनमा जस्तो मत नखस्ने अनुमान गरिएको  उनको भनाइ रहेको छ । उपनिर्वाचन सीमित ठाउँमा मात्र भएकाले कतिपय मतदाताहरूलाई बिदा लिएर भोट हाल्न आउन नसक्ने स्थिति भएकाले पनि विगतको जस्तो भोट यस पटक नखस्ने उनको भनाइ रहेको छ ।

प्रतिक्रिया दिनुहोस्