
काठमाडाैं : पल्सर सहिद स्मारक ए डिभिजन लिगअन्तर्गत आइतबारको पहिलो खेलमा नेपाल पुलिस क्लब र मछिन्द्र क्लबको खेल गोलरहित बराबरीमा टुंगिएको छ ।
मछिन्द्रले रक्षात्मक रणनीति अपनाउँदै लगातार दोस्रो खेलमा गोलरहित बराबरी खेलेको हो । पुलिसले भने पहिलो खेलमा जावलाखेललाई १-० ले पराजित गरेको थियो । पहिलो हाफमा मछिन्द्रमाथि दबाब राखेको पुलिसले दोस्रो हाफमा झनै फिका प्रदर्शन गर्यो । अग्रपंक्तिमा तालमेल नमिल्दा पुलिसले अधिकांश समय बल पोसेसन राखेपनि गोल गर्न सकेन ।
राष्ट्रिय खेलाडीको उपस्थिति रहेको पुलिसले मछिन्द्रलाई दबाबमा राखेपनि गोल गर्न भने सकेको छैन । मछिन्द्रका गोलरक्षक दीप कार्कीले केहि राम्रो बचाउ गरेका छन् । पहिलो हाफको अन्त्यतिर अभिषेक रिजालको सटलाई ‘पोइन्ट ब्लांक’ रेन्जबाट दीपले पन्च गरेका थिए ।
त्यसअघि सुमन लामाको पेनाल्टी क्षेत्रबाहिर बाट गरेको प्रहारलाई पनि दीपले विफल तुल्याए ।