तीनै क्षेत्रकाे उपनिर्वाचन सकियो, ५५ देखि ६० प्रतिशत मत खस्यो 



काठमाडौँ । विभिन्न ठाउँमा आज भएको उपनिर्वाचन सक्किएको छ । चितवन–२, बारा–२ र तनहुँ १ को उपनिर्वाचन छिटपुट घटनाबाहेक शान्तिपूर्ण रूपमा  चुनाव भएको हो ।  तीन वटै निर्वाचन क्षेत्रमा बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान भएको हो । यस क्रममा चितवनका २ मतदान केन्द्रमा केही बेर मतदान रोकियो भने बारामा पनि केहिलाई पक्राउ गरिएको छ ।

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले उपनिर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको बताए । यकिन तथ्यांक प्राप्त भै नसकेपछि चितवन र बारामा ६० प्रतिशतको हाराहारीमा मतदान भएको छ भने तनहुँमा ५५ प्रतिशतको हाराहारीमा मतदान भएको जनाइएको छ । पौने पाँच बजेको स्थिति हेर्दा तीन वटै स्थानको ५५ र ६० प्रतिशतको हाराहारीमा मतदान भएको पाइएको प्रमुख थपलियाले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्