चितवन-२ को मतगणना आज रातिबाटै हुने 



चितवन । आज आइतबार सम्पन्न उपनिर्वाचन अन्तरगत चितवन-२ को मतगणना आज रातिबाट हुने भएको छ । चितवनमा आज रातिदेखि नै सुरु गर्ने तयारी भएको छ । सहायक मतदान अधिकृत ईश्वर आचार्यले राति ९ बजेसम्म मतपेटिका सङ्कलन गरिने र त्यसपछि सर्वदलीय बैठक बसेर मतगणना हुने जनाएका छन् ।
चितवनमा कुल १ लाख २४ हजार ६९५ मतदाताका लागि ४३ मतदान स्थलमा १३८ मतदान केन्द्र निर्धारण गरिएको थियो । मतगणना उद्योग सङ्घ चितवनको प्रदर्शनी केन्द्रमा हुने जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस्