बारा-२ मा मतपेटिका सङ्कलन गरिँदै,आजैबाट गणना गरिने 



काठमाडौँ । बारा निर्वाचन क्षेत्र नम्बर २ मा आज भएको उपनिर्वाचनमा ६० प्रतिशत मत खेसेको छ ।  आज आइतबार भएको निर्वाचनमा ६० प्रतिशत मत खसेको हो । यसअघि गत मङ्सिरमा भएको निर्वाचनमा सो क्षेत्रमा ६४.४४ प्रतिशत मत खसेको थियो ।

मतदान सकिएसँगै मतदान केन्द्रबाट मतपेटिका सङ्कलन को  कार्य भइरहेको छ । ८२ मतदान केन्द्रका मतपेटिका सङ्कलन गरेर कलैयास्थित शिक्षक तालिम केन्द्रमा ल्याएर गणना गरिने भएको छ ।मत पेटिका सङ्कलन गरेर सर्वदलीय बैठकपछि आइतबारदेखि नै मतगणना गरिने मुख्य निर्वाचन अधिकृत मुकेश उपाध्यायले बताएका छन्।

प्रतिक्रिया दिनुहोस्