तनहुँ-१ मा स्वर्णिम वाग्लेको अग्रता



तनहुँ । प्रतिनिधि सभा उपनिर्वाचन अन्तर्गत तनहुँ क्षेत्र नम्बर-१ को मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार डा. स्वर्णिम वाग्लेले अग्रता रहेको छ ।

आज बिहान ६ बजेसम्म ९२४६ मत गणना हुँदा वाग्लेले ५०१९ मत ल्याएका छन् ।यसैगरी नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले २२५१ र नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनालले १५४९ मत ल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस्