मुख्यमन्त्री गिरीले विश्वासको मत लिँदै



 काठमाडौँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरीले आज विश्वासको  लिने भएका छन् । गिरीले विश्वासको मत पाउने सम्भावना निकै कम रहेको छ ।  उनले विश्वासको मत लिनका लागि आज बिहान ११ बजे प्रदेशसभाको बैठक बोलाइएका छन् ।

एमालेबाट मुख्यमन्त्री बनेका गिरीले माओवादी केन्द्रले दिएको समर्थन फिर्ता लिएसँग उनले विश्वासको मत लिनु परेको हो ।  सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएमा मुख्यमन्त्रीले ३० दिनभित्र विश्वासको मत  लिनु पर्ने संवैधानिक व्यवस्था रहेको छ । सोही बाध्यात्मक व्यवस्था अनुसार मुख्यमन्त्री गिरिले विश्वासको मत लिन लागेका हुन् ।

८७ सांसद रहेको लुम्बिनीमा बहुमतका लागि ४४ मत  चाहिन्छ ।  । तर एमालेका २९ र राप्रपाका ४ सांसदले मात्रै सरकारलाई समर्थन गरेका छन् । यो अङ्कगणित अनुसार एमालेका मुख्यमन्त्रीले गिरीले ३३ मत मात्रै पाउने देखिन्छ । सरकार टिकाउन आवश्यक ४४ मत पुर्‍याउन नसके गिरी नेतृत्वको सरकार ढल्ने छ ।

एक जना स्वतन्त्रसहित सत्तारुढ दलका ५३ जना सांसद गिरीको विपक्षमा रहेका छन् । नयाँ सरकार गठनका लागि बाटो खुला गर्नुपर्ने बताए । एमालेले भने विश्वासको मत नपाएमा ठुलो दलको हिसाबले संविधानको धारा १६८ (३)बमोजिम सरकारको नेतृत्वमा दाबी गर्ने तयारी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्