चितवन–२ को सर्वदलीय बैठकमा चर्काचर्की , रविलाई कारबाही नभएसम्म मतगणना नहुने 



चितवन । चितवन–२ मा मतगणनाका लागि सुरु भएको सर्वदलीय बैठकमा चर्काचर्की भएको छ । आइतबार सम्पन्न मतदानपछि मतगणनाका लागि आज सोमबार बिहान बसेको सर्वदलीय बैठकमा काँग्रेस–एमालेले रास्वपाका उम्मेदवार रवि लामिछानेले आचारसंहिता उल्लङ्घन गरेको भन्दै उनीमाथि कारबाही नभए मतगणनाको काम अघि नबढ्ने  छलफल भएको हो ।

हुलदङ्गा गर्ने गरी १० वटा गाडीमा कार्यकर्ता लगेको, मौन अवधिमा भोट मागेको, मतदान केन्द्रमा हुल हुज्जत र नाराबाजी गर्दै मतदाता प्रभावित बनाउने काम गरेको पाइएको छ । यो विषयमा कारबाही नभएसम्म मतगणना सुरु हुँदैन, सहमति जुट्दैन । यो अडानबाट पछि  नहट्ने उनीहरूका माग रहेको छ ।

प्रतिक्रिया दिनुहोस्