चितवनको मतगणना दिउँसो १ बजेदेखि सुरु हुने



चितवन । चितवन-२ को उपनिर्वाचनको मतगणना आज दिउँसो १ बजेदेखि सुरु हुने भएको छ ।  आज बिहान बसेको सर्वदलीय बैठकमा  दिउँसो १ बजेदेखि सुरु गर्ने सहमति गरेका हुन् । मतगणना उद्योग सङ्घको प्रदर्शनी केन्द्रमा हुनेछ ।

चितवन- २ मा रास्वपाका सभापति रवि लामिछाने, नेकपा एमालेका रामप्रसाद न्यौपाने र नेपाली काँग्रेसका जितनारायण श्रेष्ठ उम्मेदवार छन् ।

प्रतिक्रिया दिनुहोस्