तीन दलका शीर्ष नेताहरूको बैठक प्रधानमन्त्री निवासमा जारी 



काठमाडौँ । संसदीय समितिहरूको गठन तथा टिआरसी विधेयकलगायतका विवादित विषयमा टुंगो लगाउन प्रमुख तीन दलको बैठक सुरु भएको छ । बैठक प्रधानमन्त्री कार्यालय सिंहदरबारमा  जारी रहेको छ ।
बैठकमा प्रधानमन्त्रीसहित नेकपा  एमाले अध्यक्ष केपी शर्मा ओली र काँग्रेस सभापति शेरबहादुर देउवा सहभागी रहेका छन् । त्यस्तै काँग्रेसका प्रमुख सचेतक रमेश लेखक,एमालेका संसदीय दलका उपनेता सुवास नेम्वाङ,प्रमुख सचेतक पदम गिरी र माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डे पनि बैठकमा सहभागी रहेका छन् ।
प्रतिक्रिया दिनुहोस्