स्वर्णिम वाग्लेको मतान्तर ७ हजार नाघ्यो



तनहुँ । तनहुँ–१ को उपनिर्वाचनको जारी मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्लेको ७ हजार भन्दा धेरै मतान्तरले अग्रता रहेको छ ।

सोमबार दिउँसो सार्वजनिक मत परिणाम अनुसार ३५ हजार ३३ मतगणना हुँदा वाग्लेले १७ हजार ९०२ मत पाएका छन् । नेपाली काँग्रेसका गोविन्द भट्टराईले १० हजार २२८ मत पाएका छन् । त्यस्तै नेकपा एमालेका सर्वेन्द्र खनालले ५ हजार ६६ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्