इच्छाकामनाका एमालेका भोट रविलाई सरे



काठमाडौँ । चितवन-२को उपनिर्वाचनमा इच्छाकामना गाउँपालिकाको मतगणना सकिएको छ । इच्छाकामनामा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले अग्रता कायमै राखेका छन्। रवि छामिछाने १७ मतान्तरले अघि रहेका छन् ।

रविले ४ हजार ३५८ मत पाएका छन् । उनका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार रामप्रसाद न्यौपानेले २ हजार ५८५ मत र कांग्रेसका जितनारायण श्रेष्ठले २ हजार २०५ मत पाएका छन्।

अहिले इच्छाकामना गाउँपालिकाका सबै वडाबाट ९ हजार ४४४ मतगणना सकिएको हो। इच्छाकामनामा मंसिरमो निर्वाचनमा तेस्रो भएका थिए । मंसिरमा सबैभन्दा बढी एमालेको ल्याएको थियो। यहाँ एमालेले ३ हजार ६२३ मत पाएको थियो।नेपाली कांग्रेसले ३ हजार २१६ मत पाएको थियो। यस्तै रास्वपाले भने २ हजार ९७५ मत पाएको थियो।

प्रतिक्रिया दिनुहोस्