करिब एकतिहाइ मतगणना गर्न बाँकी हुँदा ,तनहुँ-२ मा स्वर्णिम वाग्ले १० हजार बढी मतले अघि



काठमाडौँ । तनहुँ-२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्लेले १० हजार बढी मतका साथ अरू उम्मेदवाहरु भन्दा अघि रहेका छन् ।

पछिल्लो मत परिणाम अनुसार वाग्लेले २३ हजार ९६६ मत  ल्याएका छन् । नेपाली काँग्रेसका गोविन्द भट्टराईले १३ हजार ८१२ मत पाएका छन्। त्यसैगरी नेकपा एमालेका सर्वेन्द्र खनाल भने ६ हजार ७९५ मत ल्याएका छन् । खनाले तेस्रोमा रहेका छन् ।

तनहुँ-२ मा कुल ६३ हजार ७५७ मत खसेकोमा ४६ हजार ६७ मत गणना भइसकेको छ। अब करिब एक तिहाइ मत गणना गर्न बाँकी छ।

प्रतिक्रिया दिनुहोस्