तनहुँ-१ मा काँग्रेस उम्मेदवार गोविन्दद्धारा हार स्वीकार



तनहुँ । तनहुँ-१ का नेपाली काँग्रेसका उम्मेदवार गोविन्द भट्टराईले  पुरा मतगणाना हुनु भन्दा पहिले नै आफ्नो हार भएको  स्वीकार गरेका छन् । उनले उपनिर्वाचनमा आफ्नो  हार भएको स्वीकार गर्दै मतदातालाई आभार प्रकट गरेका छन् । तनहुँ १ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार स्वर्णिम वाग्ले १० हजार मतान्तरले अगाडी रहेका छन् ।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘ हुन त पदलाई मैले कहिल्यै प्राथमिकतामा राखिनँ । पदमा नरहे पनि तपाईँको पीडाले मलाई छोइरह्यो ।ठुला आदर्शभन्दा तपाईँको व्यवहारिक समस्या समाधानलाई आदर्श मानेर बिपीको समाजवादबाट प्रेरित भएर चार दशक लामो यात्राका क्रममा तपाईँसँग रहेको हुँ । यस क्रममा पार्टीले मलाई विश्वास गरेर तनहुँ १ को उप निर्वाचनमा उम्मेदवार बनाउँदा तपाईँसँगको निकटताका आधारमा जुन आत्मविश्वासका साथ मैदानमा उत्रिएँ, मैले साथ पनि पाएँ ।मलाई विश्वास गरेर सधैँ सकारात्मक प्रतिक्रिया र उत्साह दिएर मप्रतिको विश्वास मतमार्फत प्रकट गर्नुहुने तपाईँ सबैप्रति आभार प्रकट गर्दछु ।चुनावी घरदैलोका क्रममा मेरो विगतप्रतिको तपाईँको विश्वासले धेरै नभए पनि केहीका लागि सानो आशा पैदा गराउन सकेको रहेछु भन्ने कुराले सानो खुसी पनि दिलाएको महसुस गरेँ । साथै, मप्रति विश्वास नगर्नुहुनेप्रति पनि आभार प्रकट गर्दछु ।सायद, मेरो तपाईँप्रतिको विश्वास पूरा गर्न आफूलाई अब्बल प्रमाणित गर्न सकिनँ, यसले मलाई तपाईँको विश्वास योग्य बनाउन अझ प्रयास गर्नुपर्ने पृष्ठपोषण गरेको छ । तपाईँहरूको जनादेशलाई शिरोपर गर्ने प्रतिवद्धता व्यक्त गर्दछु ।’

प्रतिक्रिया दिनुहोस्