काठमाडौंबाट उड्ने वित्तिकै फ्लाइ दुबईको इञ्जिन फेल भएपछि, ठूलो आवाजसहित आगलागी



काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईका लागि उडेको विमानको इञ्जिन फेल भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका सहायक प्रवक्ता ज्ञानेन्द्र भुलले उडेको केहिवेरमै इञ्जिन फेल भएपछि अवतरण गर्न लागेको बताएका छन् । विमानको इञ्जिन फेल हुँदा ठूलो आवाजसहित आगलागी समेत भएको थियो ।

विमानका पाइलटले दायाँ भागको इञ्जिनमा समस्या भएको एयर ट्राफिक कन्ट्रोलर (एटीसी) लाई जानकारी गराएका छन् । पाइलटले केहिवेर होल्ड गरेर खबर गर्ने बताएका छन् ।

फ्लाई दुबईको एफजेट ५७६ नम्बरको जहाज ९ बजेर २३ मिनेटमा काठमाडौंदेखि दुबईका लागि उडेको थियो। अहिले जहाज आकाशमै फन्को लगाइरहेको छ। काठमाडौंबाट उडेपछि जहाजको एउटा इन्जिनमा आगलागी भएको एक जना कर्मचारीले बताए।

प्रतिक्रिया दिनुहोस्