बारा-२ मा यादवको अग्रता कायमै



काठमाडौं । बारा २ को उपनिर्वाचनमा जनता समाजवादी पार्टीका उम्मेदवार उपेन्द्र यादवले अग्रता कायमै राखेका छन् । पछिल्लो मतगणना अनुसार उनले ९८७० मतसहित उनले अग्रता लिएका हुन्। उनलाई जनमत पार्टीका शिवचन्द्रप्रसाद कुशवाहाले ६७७१ मतका साथ पछ्याइरहेका छन्।

यादव र कुशवाहबीचको मतान्तर तीन हजार रहेको छ। नेकपा एमालेका पुरुषोत्तम पौडेलले तीन हजार ७ सय मत प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीका रमेश खरेलले अहिलेसम्म एक हजार १७४ मत पाएका छन्।

प्रतिक्रिया दिनुहोस्