चितवन २ : जीतनारायणभन्दा रविको मत पाँच गुणा बढी



काठमाडौं । चितवन २ मा रास्वपाका उम्मेदवार रवि लामिछानेले निकटतम् प्रतिद्वन्द्वी कांग्रेसका जीतनारायण श्रेष्ठको तुलनामा पाँच गुणाभन्दा बढी मत पाएका छन् । पछिल्लो मतपरिणामअनुसार रविले ४१ हजार ५०४ मत पाएका छन्। तर, दोस्रो स्थानमा रहेका श्रेष्ठले ७ हजार ६९५ मतमात्रै पाएका छन् ।

यस्तै तेस्रो स्थानमा रहेका एमालेका रामप्रसाद न्यौपानेले ७ हजार ३९९ मत पाएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ। यसैगरी चौथो स्थानमा रहेका राप्रपाका जीवलाल पुरीले जम्मा २९१ मत पाएका छन् ।

प्रतिक्रिया दिनुहोस्