बारामा उपेन्द्र यादवले कटाए १२ हजार मत, कसको कति ?



काठमाडौं । बारा क्षेत्र नम्बर २ मा जारी मत गणनाामा जनता समाजवादी पार्टी (जसपा) का उम्मेदवार उपेन्द्र यादवले अग्रता बढाउँदै लगेका छन्। पछिल्लो मतपरिणामअनुसार यो खबर लेख्दासम्म जसपा अध्यक्ष यादवले १२ हजार १ सय १९ मत प्राप्त गरेका छन्। उनलाई पछ्याइरहेका जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहाले ७ हजार ६ सय ९३ मत पाएका छन्।

यस्तै नेकपा एमालेका उम्मेदवार पुरुषोत्तम पौडेल ४ हजार ३ सय २८ मतका साथ तेस्रो स्थानमा छन्। यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रमेश खरेलले १ हजार ९ सय ४१ मत ल्याएका छन्। गत मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा बारा क्षेत्र नं २ मा जसपाबाट निर्वाचित रामसहायप्रसाद यादव उपराष्ट्रपति बनेपछि त्यहाँ आइतबार उपनिर्वाचन गरिएको हो।

प्रतिक्रिया दिनुहोस्