जनताले दिएको मतको गुन विकास गरेर तिर्छु : स्वर्णिम वाग्ले



काठमाडौं । तनहुँ-१ का नवनिर्वाचित प्रतिनिधि सभा सदस्य स्वर्णिम वाग्लेले मतदाताको गुन विकास गरेर तिर्ने बताएका छन्। निर्वाचित भएको प्रमाणपत्र ग्रहण गर्दै वाग्लेले तनहुँ र देशको विकास गरेर मतदाताको गुन तिर्ने बताएका हुन् । आफूले तनहुँको मात्र नभई देश विकासका मुद्दा उठाउने उनले बताए।

‘स्थानीयमात्र नभई देशको मुद्दासमेत उठाउनेछु,’ उनले भने, ‘जनताले दिएको मतको गुन यहाँको विकास गरेर तिर्नेछु।’ उनले चुनावमा भनेजस्तै आफू तनहुँले गर्व गर्न लायक सांसद बन्ने दोहोर्‍याए। ‘मैले चुनावीसभामा पनि भनेको थिएँ- तनहुँले गर्व गर्न लायक सांसद बन्ने लक्ष्य छ। लक्ष्य परिपूर्ति गर्न मिहिनेत गर्नेछु,’ उनले भने, ‘केही कमजोरी भए बताइदिनुहोला, म सच्चिएर जाने छु।’

गोविन्द भट्टराईसँग चुनाव लड्नुपरेकोमा आफूलाई केही दुःख लागेको वाग्लेले सुनाए। तर, चुनावी नतिजा जे भए पनि सबै दलसँग मिलेर काम गर्ने उनले बताए।

प्रतिक्रिया दिनुहोस्