रवि लामिछानेले भने- अब सरकारलाई समर्थन गरिरहनुको औचित्य छैन



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई अब समर्थन गरिरहुनको औचित्य पुष्टि हुन नसक्ने बताएका छन्। चितवन-२ को उपनिर्वाचनमा जित निश्चित भएपछि प्रतिक्रिया दिंदै सभापति लामिछानेले यस्तो बताएका हुन्।

‘हामी समग्र राष्ट्रकै उन्नतिका लागि काम गर्छौँ। अब गठबन्धन सरकारालई दिएको समर्थनको औचित्य पुष्टि हुनुपर्छ’, उनले भने, ‘जनताले बाहिरै रहेको हेर्न चाहेका पनि कुरा आएको छ।’ सरकारमा सहभागी हुन न्यूनतम साझा कार्यक्रममा आफ्ना अजेन्डा राखेको बताउँदै लामिछानेले अहिले झिकिएको दाबी गरे।

उनले भने, ‘सरकारलाई समर्थन निरन्तरताको कुरा गर्दा परिस्थिति फेरियो। न्यूनतम साझा कार्यक्रममा हाम्रा केही अजेन्डा थिए। ती अहिले हटाइएका छन्। जुनसुकै समयको पनि भ्रष्टाचार छानविन गर्ने बुँदा हट्यो।’आफू सरकारमा रहनुको औचित्य नभएपछि समर्थन गर्नुको अर्थ नभएको उनको भनाइ छ। निर्णय भने काठमाडौं पुगेपछि मात्रै गरिने उनले बताए।

प्रतिक्रिया दिनुहोस्