कांग्रेस उम्मेदवार जितनारायणले दिए रविलाई बधाई



काठमाडौं । चितवन २ का कांग्रेस उम्मेदवार जितनारायण श्रेष्ठले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई बधाई दिएका छन्। उनले अब लामिछाने आफ्नो पनि जनप्रतिनिधि भएको बताए। मतगणना स्थल बाहिर लामिछानेलाई बधाई दिँदै श्रेष्ठले दलभन्दा माथि उठेर जनताको हक हितका लागि काम गर्न सुझाव पनि दिए।

उनले रास्वपाको जितले पुराना पार्टी सच्चिनु पर्ने सन्देश दिएको बताए। श्रेष्ठले कांग्रेस सच्चिएर अघि बढ्ने पनि बताए। ‘हामीलाई सक्किने मन्जुर छैन । हामी सच्चिन्छौँ नै,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्