यूथ फुटबल टोली बुधवार रान तथा शुक्रवार जोर्डनसँग खेल्दै



 काठमाडौँ । अम्मान र्जोडनको अम्मानम बुधवार सुरु हुने एएफसी महिला यु–१७ क्वालीफायर खेलमा नेपाली टोली उत्साहित रहेको छ । टोलीका प्रशिक्षक विष्णु गुरुङ छोटो समयको प्रशिक्षण अबधी हुनुका बाबजुद भवीष्य सम्मका लागि उत्कृष्ट खेल खेल्न सक्ने एउटा टोली निर्माण गर्ने क्रममा आफूहरू रहेको बत्ताउँछन् ।

‘उमेर समूहको प्रतियोगिता परिणाम भन्दा पनि बढी विकास क्रमको एउटा अंश हो । एउटा पूर्ण टोली बनाउने क्रममा यो प्रतियोगिता महत्त्वपूर्ण हुन सक्छ,’ गुरुङले भने । नेपाली टोलीले बुधवार रान तथा शुक्रवार जोर्डनसँग खेल्ने छ । टोलीको गोल रक्षकमा सुजाता तामाङ, राधिका वली र करुणा बुढाथोकी छन् । रक्षा पक्तिमा अञ्जना पुन मगर, सिमराई राई, रुपा लिम्बू, अमिता भुल, सिता रोकाय, रेणु लिम्बु, दिपा मगर र सुमी हाङमा राई छन् । मिडफील्डमा माया मास्के, झुमा विश्वकर्मा, सुसीला केसी, पुनम चेम्जोङ, भावना परियार र दिलमाया घिसिङ छन् । फरवार्डमा सुक्रिया मिया, लिला चन्द, वर्षा ओली, दिपा रोकाय, सेनु परियार र कविता गुरुङ छन् । प्रशिक्षक गुरुङ सेनु पयिार, वर्षा ओली र सुजाता तामाङबाट बढी आशावादी छन् । नेपाली टोली सोमबार साँझ जोर्डनको राजधानी अम्मान पुगेको हो ।

प्रतिक्रिया दिनुहोस्