स्थापितलाई सङ्कटको सङ्केत



काठमाडौँ । २०७९ को मङ्सिरमा सम्पन्न आमनिर्वाचनमा जितेका क्षेत्रहरूमा पनि १० वैशाखमा भएको उपनिर्वाचनमा नेपाली कांग्रेसले आफ्नो सांसद सिट गुमाएको छ । सत्तामा रहेको विभिन्न दलहरूसँगको चुनावी तालमेल हुँदा पनि निर्वाचन हार्नु भनेको नेपाली कांग्रेसका लागि उसको राजनीतिमा सङ्कटको सङ्केतका रूपमा हेर्न सकिन्छ ।

यता प्रतिपक्षमा रहेको दल नेकपा एमालेले पनि उपनिर्वाचनमा आफूले मङ्सिरमा पाएको मतलाई गुमाएको छ । नेपाली कांग्रेसले विगतमा आफूले जितेको ठाउँ पनि भारी मतका साथ हार्नुलाई कांग्रेसको संसदीय राजनीतिमाथिको  संकटकाे सङ्केतका रूपमा लिन सकिन्छ ।

सरकारका नेतृत्व  गरिरहेको दल नेकपा माओवादी केन्द्रले भने उपनिर्वाचनमा कुनै पनि ठाउँमा उम्मेदवारी दिएको थिएन । सरकारमा रहेका दलहरूसँगको सहकार्यमा साँझा उम्मेदवारलाई आफ्ना उम्मेदवार भने पनि माओवादीको केन्द्रको पछिल्लो नेपालको संसदीय राजनीतिमा पतन भएको देखाउँछ ।

राजतन्त्रलाई आफूहरूको मुख्य एजेन्डा बनाएको राष्ट्रिय प्रजातन्त्र पार्टीको अवस्था पनि अहिलेको उपनिर्वाचनमा दयनीय  देखिएको छ । राप्रपाका उम्मेदवारहरूले उपनिर्वाचनमा अरू उम्मेदवारहरूले ५० औँ हजार मत कटाउँदा पनि कुनै पनि क्षेत्रमा हजार मत पनि कटाउन सकेन ।

संसदीय राजनीतिमा छोटो समयमा नै ठुलो मात्रामा जित निकालेको रास्वपाले भने अहिलेको निर्वाचनमा एक निर्वाचन क्षेत्रमा बाहेक अरूमा अरु उम्मेदवारहरुलाई भारी मतान्तरले पछि पार्दे  विजय हासिल गरेको छ । रास्वपाका सभापति उम्मेदवार रहेको चितवन-२मा रविले झन्डै पाँच गुणा बढी मत ल्याए भने,तनहुँ-१ बाट निर्वाचित स्वर्णिम बाग्लेले आफ्ना प्रतिदोन्द्धीलाई लगभग १५ हजार मतान्तरले पछि पार्दै विजय हासिल गरे ।

उपनिर्वाचन हुनुभन्दा पहिले रास्वपा पार्टीबाट प्रत्यक्ष र समानुपातिक गरी २० सांसदहरू रहेका थिए । उपनिर्वाचन एक सिट थपेसँगै रास्वपाका सांसदहरूको सङ्ख्या अब २१ पुगेको छ । चितवन-२ मा रविको नागरिकता विवादका कारण उपनिर्वाचन भएको हो । उनकै कारण उपनिर्वाचन भए पनि उनी सायदै कमै व्यक्तिहरूको सूचीमा पर्छन् जसको कारण उपनिर्वाचन उही उम्मेदवार अनि उसकै जित ।

रास्वपाले चितवन-१ मा मङ्सिरमा पाएको आफ्नो मतलाई बढाएको छ । भने अरू सबै पार्टीहरूले आफूले पाएको मतलाई  पनि गुमाएका छन् । चितवनमा नेपाली काङ्ग्रेस,माओवादी केन्द्र र अन्य दलहरूको साँझा उम्मेदवारको रूपमा नेपाली कांग्रेसका जितनारायण श्रेष्ठ उम्मेदवार रहेका थिए । विभिन्न पार्टीका सम्मर्पुण शक्ति केन्द्र लाग्दा पनि रवि लामिछानेले अन्य सबै विभिन्न पार्टीका उम्मेदवारहरूलाई फराकिलो मतान्तरले पछि पार्दै विजय हासिल गरे ।

तनहुँ-१ मा पनि रास्वपाले भारी मतान्तरका साथ विजय हासिल गर्‍यो । रास्वपाका उम्मेदवार स्वर्णिम वाग्लेले करिब १५ हजार मतान्तरका साथ विजय हासिल गराई रहँदा नेपाली कांग्रेसलाई भने ठुलो धक्का लाग्यो । उपचुनाव नेपाली कांग्रेसबाट टिकट नपाउने संंकेत पाएपछि नेपाली काँग्रेस छोडेका वाग्लेले निकै फड्को मारे । तनहुँमा  रास्वपाले विगतको निर्वाचनमा पाएको मत भन्दा यसपालि पाएको मत निकै बढी रह्यो । तनहुँमा पहिले राष्ट्रपति रामचन्द्र पौडेलले निर्वाचन जितेका थिए ।

दुई क्षेत्रमा उत्साह मत पाए पनि रास्वपाले बारा-२ मा भने उत्साहजनक मत पाउन सकेन् । बारामा जनता समाजवादी पार्टीका उम्मेदवार अरू उम्मेदवारहरू भन्दा माथि रहेका छन् । भने, रास्वपाका उम्मेदवार भने चौथो स्थानमा रहेका छन् ।

नेपाली राजनीतिमा जडो गाडेर बसेका पार्टीहरूको भने अब पसिना आउने सङ्केत देखिएको छ । नेपाली राजनीतिमा रास्वपापार्टीलाई  विकल्पको रुपमा पनि परिभाषित गरिने थालेको छ । लामो समयदेखि सत्तामा रहेर पनि जनतासँग भिज्न नसकेका पार्टी र नेताहरुलाई गतिलो सबका रुपमा अहिलेको रास्वपाको मतलाई लिन सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्