ओली सहभागी कार्यक्रमस्थल बाहिर झडप



झापा। झापामा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहभागी हुने कार्यक्रमस्थल बाहिर झडप भएको छ ।  कार्यक्रमस्थल बाहिर प्रहरी र प्रदेशको नाम कोशी राखिएको प्रति विरोध गरिरहेको समूहबिच झडप भएको छ ।

एमाले अध्यक्ष ओलीले सम्बोधन गर्ने बुद्धशान्ति गाउँपालिकास्थित कार्यक्रमस्थलतर्फ जान खोजेपछि उनीहरूलाई १०० मिटर वरै रोकिएको थियो । त्यस क्रममा ढुंगामुढा गरेपछि प्रहरीले लाठी चार्ज गरेको जनाइएको छ ।

प्रहरीका अनुसार प्रदर्शनकारीहरूको ढुङ्गा लागेर इलाका प्रहरी कार्यालय, धुलाबारीका प्रहरी निरीक्षक अनिल माबुहाङ र प्रहरी सहायक हवल्दार सुदिन राजवंशी घाइते भएका छन् । एमालेले भने सत्तापक्षले आफ्नो कार्यक्रमलाई भाड्न खोजेको आरोप लगाएको छ । ओली केही बेरअघि झापाको कार्यक्रम सकेर इलाम पुगेका छन् ।

प्रतिक्रिया दिनुहोस्