लक्ष्मी कमर्शियल भेहिकलस् र एभरेष्ट बैंक बिच एसएमएल इसुजुका गाडीहरू फाइनान्स गर्ने सम्बन्धी सम्झौता 



काठमाडौँ । नेपालका लागि एसएमएल इसुजुको आधिकारिक बिक्रेता लक्ष्मी कमर्शियल भेहिकल्स प्रा।लि। र एभरेष्ट बैंक लिमिटेड बिच एसएमएल इसुजुका स्कूल बस, रुटबस, ट्रक, टिप्पर आदिमा लगानी गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौता पत्रमा एभरेष्ट बैंकका तर्फबाट डिपुटी जेनरल मेनेजर गौरव कुमारले तथा लक्ष्मी कमर्शियल भेहिकल्सका तर्फबाट सेल्स एण्ड अपरेशन डाइरेक्टर कपिल शिवाकोटीले हस्ताक्षर गर्नु भएको थियो । यो सम्झौता अनुसार एसएमल इसुजुका ग्राहकहरुले २०८० बैशाख १३ गते देखि नै ऋण सुविधा लिन सक्ने जनाइएको छ ।

लक्ष्मी ग्रुप सन् १९७३ मा स्थापित प्रतिष्ठित औद्योगिक तथा व्यापारिक घराना हो । लक्ष्मी ग्रुप हुण्डाईका प्यासेन्जर कारहरू, बिएमडब्लुका कारहरूको नेपालको एक मात्र आधिकारिक बिक्रेता हो । लक्ष्मी ग्रुपले नै हिरो इलेक्ट्रिकका टु हिव्लर स्कुटरहरू र एसएमएल इसुजुका कमर्शियल गाडीहरूको आधिकारिक वितरक भई कार्य गरी आएको छ ।

एभरेष्ट बैंकसँग भएको सम्झौता अनुसार लक्ष्मी कमर्शियल भेहिकलसले नेपालमा आयात गरेर बिक्री वितरण गर्ने एसएमएल इसुजुका स्कूल बस, रुटबस, ट्रक, टिप्पर आदिमा बैंकका नेपाल भर रहेका आफ्ना १२४ शाखा कार्यालय मार्फत गाडीको मुल्यको ७०५ सम्म कर्जा लगानी गर्ने छ । साथै, यस्तो कर्जा बढीमा ७ बर्ष सम्मको लागि उपलब्ध हुनेछ । साथै, सर्भिस चार्ज र ब्याज दरमा पनि बैंकले सहुलियत उपलब्ध गराउने उल्लेख गरिएको लक्ष्मी कमर्शियलका बिजेनेश हेड सञ्जय खड्काले जानकारी दिनु भएको छ ।

यो सम्झौता पश्चात् दुई संस्था बिचको व्यापार बढाउन सहयोगी हुने र भविष्यमा पनि सहकार्य गर्दै अगाडि बढ्ने बिचार बैैकका डिपुटी जेनेरल मेनेजर गौरव कुमारले ब्यक्त गर्नु भएको थियो । लक्ष्मी कमर्शियल भेहिकल्सका सबै शाखा कार्यालयहरू, डिलरहरूबाट एभरेष्ट बैंक सँग भएको सम्झौता अनुसार एसएमएल इसुजुका गाडी खरिद गर्ने ग्राहकहरूलाई आवश्यक ऋण लिने प्रक्रियामा सहजीकरण गरिने लक्ष्मी कमर्शियलका नेटवर्क हेड श्री इश्वर दहालले जानकारी दिनु भएको छ ।

लक्ष्मी ग्रुप अन्तर्गतको लक्ष्मी कमर्शियल भेहिकलस् प्रा।लि।ले नेपालमा एसएमएल इसुजुका कमर्शियल गाडीहरूको आधिकारिक वितरकको रूपमा कार्य गर्दै आएको छ । यसले भारतको चण्डिगढमा अवस्थित एसएमएल इसुजुको कारखानाबाट उत्पादित गाडीहरू नेपालमा आयात गरी नेपालको बजारमा बिक्री वितरण गर्ने र उक्त गाडीहरूलाई बिक्री पछिको सेवा पनि दिँदै आएको छ । एसएमएल इसुजुले १४ सिट क्षमता देखि ५५ सिट क्षमता सम्मका  स्कुल बसहरू, स्टाफ बसहरू तथा ३ टन देखि ९ टन क्षमताका ट्रकहरू देखि ३ देखि ६ क्युबिक मिटर क्षमताका टिपर ट्रकहरू उत्पादन गर्ने गर्दछ । मजबुत बनावट र इन्धन किफायती भएका कारण एसएमएल इसुजुका गाडीहरू नेपालमा ग्राहकहरूको रोजाइमा पर्न सफल भएका छन् ।

प्रतिक्रिया दिनुहोस्