सन्दीप लामिछानेको बलिङ र ब्याटिङ दुवै चम्किएपछि …



काठमाडौँ । पारी एसीसी प्रिमिअर कपअन्तर्गत लीग चरणको अन्तिम खेलमा नेपालमा विजय हासिल गरेको छ ।  जितेसँगै नेपाल समूह ‘ए’को शीर्ष स्थानमा पुगेको छ। नेपाल अन्तिम खुल खेल्नुभन्दा पहिले  नै सेमिफाइनलमा पुगेको थियो ।

टस हारेर पहिलो ब्याटिङ  गरेको  नेपालले एकदमै कमजोर प्रस्तुतिसाथ ४०.३ ओभर मात्र खेल्न सकेर १५७ रन  जोडेको थियो ।  आज भएको खेलमा सन्दीप लामिछानेको उत्कृष्ट ब्याटिङ र बलिङको सहयोगमा नेपालले कतारलाई ८९ रनमै सीमित गरेर  जित आफ्नो पक्षमा पार्‍यो

 लामिछानेले उनले पाँच विकेट लिए भने ४२ रने बनाए। नेपालले सेमिफाइनलमा अब हङ्‌कङ वा युएईमध्ये एकसँग खेल्नेछ। सन्दीप लामिछाने बलिङ र ब्याटिङ दुवैमा चम्किएपछि १५८ रनको सामान्य लक्ष्य लिएर मैदानमा उत्रिएको कतारलाई नेपालले ८९ रनमा नै रोक्यो ।

कीर्तिपुर मैदानमा भएको खेलमा कतार ८९ रनमा नै रोक्न सफल हुनुमा लामिछाने, सोमपाल कामी र ललितनारायण राजवंशीको महत्त्वपूर्ण भुमिका रह्यो ।

लामिछानेले पाँच, कामीले तीन तथा राजवंशीले दुई विकेट  लिएको हो । आज खेललाई हेर्दा नेपालको ब्याटिङमा समस्या रहेको जस्तो देखिएको छ । आजको खेलमा नेपालको ब्याटिङ निकै कमजोर रहेको थियो । यो भन्दा पहिलो खेलमा नेपालले आफ्नो उच्च रन बनाएको थियो । आज भएको खेलमा ओमानविरुद्ध शतकी इनिङ्स खेलेका कुशल मल्ल धेरै टिक्न सकेनन्।

प्रतिक्रिया दिनुहोस्