रवि लामिछानेलाई रोजेको मन्त्रालय दिइनुपर्छ : किराँती



काठमाडौँ ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई रोजेको मन्त्रालय दिनुपर्ने बताएका छन् ।  उनले आज (शुक्रवार) नेपाल पर्यटन बोर्ड तथा होटेल व्यवसायी महासङ्घ नेपालद्वारा संयुक्त रूपमा आयोजित २ दिने तालिम कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

 उनले लामिछानेलाई जनताले सबैभन्दा धेरै मत दिएर जिताएको बताउँदै उनलाई रोजेको मन्त्रालय दिएर सँगै लैजानुपर्ने बताएका हुन् ।  किराँतीले भने, ‘जनताले भनेका छन्, तिमीहरूले होस पु¥याएनौँ भने दिन आउँदै छ, अझै आउँदै छ भनेको छ, त्यसैले मिलेर जाऔँ । धेरै विपरीत पार्टीलाई हामीले गाली गरेका छौँ, पानीमाथिको ओभानो बनेका छौँ, अब छोडिदिऔँ । कोही शत्रु होइनौँ हामी, हाम्रो शत्रु हो भने त्यो गरिबी हो । गरिबीको विरुद्धमा एकजुट होऔँ । र जो अत्यधिक मतले जितेर आउनुभएको छ, रवि लामिछानेजी उहाँलाई छानेको मन्त्रालय दिएर लैजाऔँ । जनताको विश्वासमाथि सम्मान गरौँ । सबै पार्टी प्रतिपक्षी नबसौँ, देश आर्थिक सङ्कटमा छ, एउटै डुङ्गामा छौँ, प्वाल परेर पानी पसे त डुबिन्छ नि । देश रहे पो पार्टी रहन्छ, झन्डा रहन्छ, देशै नरहे के रहन्छ रु तर हामी यस्तो राजनीतिकरण भएका छौँ, जन्मिँदै झन्डा लिएर जन्मिएको जस्तो ।’

उनले भने, ‘वायुसेवा निगम खाने खुम्लेकीरा त मन्त्री नै पो रहेछ । प्रत्येक मानिस नियुक्तिमा पैसा उठाएको छ । हजार होइन, लाख होइन, क भन्दो रहेछ के क, क, एक दिन होइन, महिनौँ महिनासम्म क उठाएपछि कसरी हुन्छ । आफ्नो आफ्नो स्थानमा बस्नुपर्छ, भगवान् त आफ्नो स्थानमा बस्छन्, हामी त मान्छे हौँ । मान्छेको चाहिँ जम्मै स्थान, विज्ञता हुँदैन । अहिले राज्य सत्ताको सारा अङ्गहरू मृत्यु प्राय छ । जति चिमोट्दा पनि ऐया भन्दैन, स्वार्थमा दौडिएका छन् । जनता अब जाग्नुपर्छ । दबाब जनताले दिनुपर्छ ।’

यता रास्वपाले भने आफुसकारबाट बाहिरिने सङ्केत गरेको छ र रास्वपाले सरकारलाई दिएको समर्थन गरिराख्नुको आधार नभएको भन्दै त्यसबारे पार्टीमा छलफल हुने बताएको छ ।

प्रतिक्रिया दिनुहोस्