फरार सांसद कोइरीले ‘बिरामी’ बिदा लिएको सभामुखले सुनाएपछि …



काठमाडौँ । प्रतिनिधि सभा बैठकमा हत्या आरोप लागेर फरार रहेका सांसद लक्ष्मी महोतोको विषयलाई लिएर बैठब अवरुद्ध भएको छ । । शुक्रबार बसेको प्रतिनिधि सभा बैठकको अन्त्यमा सभामुख देवराज घिमिरेले यो अधिवेशनभर संसदमा अनुपस्थित भएका सांसदहरुको नाम सुनाएका थिए । एमाले सांसद कोइरी बिरामी रहेका कारण बैठकमा उपस्थित नभएको सुचना सुनाएपछि संसदमा विरोध भएको हो । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले बिरोध जनाएका थिए ।

सांसद खतिवडाले बिरोध जनाएसँगै कांग्रेस, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी लगायतका दलका सांसदहरु उठेर बिरोध जनाए ।
सांसदहरुले बिरोध जारी राखेपछि नेपाली कांग्रेसका सांसद रमेश लेखकलाई सभामुखले बोल्न समय दिए ।

लेखकले सांसद कोइरीले फौजदारी अभियुक्त भएको र अदालतले उनलाई थुनामा पठाउन आदेश दिएको, प्रहरीले खोजिरहेको र भेटिएमा पुर्पक्षमा लागि थुनामा जानुपर्ने अवस्थामा रहेको बताए । यस्तो अवस्थामा रहेको मान्छेलाई विरामी बिदामा रहेको भनेर सभामुखबाट प्रस्तावित हुन जगहँसाई रहेको बताए ।

उनले प्रहरीले खोज्दा नभेटेको व्यक्तिलाई नेपालको सरकारले विरामी प्रमाणित गरेर अस्पताल भर्ना गरेर उनलाई उन्मुक्ति दियो भन्दैन भन्दै प्रश्न गरे । उनले यो विषयमा दुरगामी असर के पर्छ भन्ने बारेमा सोच्न आग्रह गरे । यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफू गृहमन्त्री भएका फरार सांसद कोइरीको विषय पेचिलो बनेको बताउँदै फरार अभियुक्तलाई विरामी करार गरेर नराखोस भन्ने आग्रह गरे । उनले कोइरी भारतमा फरार रहेको फोटो देखाउँदै पक्राउ गर्नका लागि आग्रह गरे ।

यस्तै राष्ट्रिय जनमोर्चाका सांसद चित्रबहादुर केसी, नेमकिपाका सांसद प्रेम सुवालले अपराधमा संलग्न भएको ब्यक्ति कसरी बिरामी बिदा लिएर बस्न सक्छ भन्दै कारवाही गर्नका लागि माग गरे । सांसदहरुले सभामुखले फरार सांसद कोइरीको बारेमा बिरामी बिदा लिएको विषय संसदको रेकर्डबाट हटाउनुपर्ने माग गर्दै बिरोध जनाइरहे । त्यसपछि सभामुख घिमिरेले आधा घण्टाका लागि प्रतिनिधि सभाको बैठक स्थगित गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्