कर्णालीका मुख्यमन्त्री शर्माले लिए तेस्रो पटक विश्वासको मत



काठमाडौँ । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले चार महिनामा तेस्रोपटक विश्वासको मत लिएका छन् । आज शुक्रबार दिउँसो बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री शर्माले विश्वासको मत लिएको हो । उनलाई विभिन्न तीन दलका २९ सांसदले विश्वासको मत दिएका हुन् ।

नेपाली कांग्रेसका १४, नेकपा माओवादी केन्द्रका १३, नेकपा एकीकृत समाजवादी र स्वतन्त्र (देवराज शाही) एक–एकजना सांसदले शर्माको पक्षमा मत हालेका छन् ।

त्यस्तै नेकपा एमालेका ९ र राप्रपाका एकजना सहति १० जना सांसदले विपक्षमा मतदान गरेका छन् । ४० सदस्यीय प्रदेश सभामा कुल ३९ जना सांसद उपस्थित रहेका थिए । मुख्यमन्त्री शर्माले संविधानको धारा १८८ को उपधारा २ बमोजिम विश्वासको मत मागेका थिए । य

प्रतिक्रिया दिनुहोस्