प्रतिनिधि सभाका १० विषयगत समिति गठन



काठमाडौँ । प्रतिनिधि सभाले विभिन्न १० वटा विषयगत समिति गठन गरेको छ । आज (शुक्रबार) बसेको बैठकमा सभामुख देवराज घिमिरेले राजनीतिक दलहरुले सिफारिस गरेअनुसारको नाम सदस्यमा प्रस्ताव गरेका थिए । सभामुखले बाचन गरेको सदस्य सांसदहरुको नाम सभाले अनुमोदन गरेसँगै विषयगत समिति गठन भएको हो ।

प्रतिनिधि सभामा १० वटा विषयगत समितिहरुमा अर्थ समिति, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति,पूर्वाधार विकास समिति, शिक्षा,स्वास्थ्य तथा सूचना प्रविधि समिति, कानून, न्याय तथा मानव अधिकार समिति, कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति, महिला तथा सामाजिक मामिला समिति, राज्य व्यवस्था तथा सुशासन समिति,सार्वजनिक लेखा समिति रहेका छन् ।

यस्तै संयुक्त समिति अन्तर्गत संसदीय सुनुवाई समिति र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समिति पनि रहेका छन् । संयुक्त समिति भने गठन भइसकेको छैन ।

01

2

3

4

5

6

7

8

9

10

प्रतिक्रिया दिनुहोस्