आगामी निर्वाचनमा एक्लै लड्ने कांग्रेस बनाउनुपर्छ : शेखर कोइराला



काठमाडौं । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले आगामी निर्वाचनमा एक्लै प्रतिस्पर्धा गर्ने गरी पार्टी निर्माण गर्नुपर्ने बताएका छन्। उनले त्यसको लागि मुलुकभरि सङ्गठन मजबुत गरी स्थानीय, प्रदेश र सङ्घीय निर्वाचन एक्लै लड्ने गरी अगाडि बढ्नु जरुरी रहेको धारणा राखे।

उनले आजदेखि आफू जनता एवं पार्टीका साथीसँग जोडिने प्रण गर्छु भन्दै देशभरिका जनताका प्रत्येक सुखदुःखमा साथमा रहेमा कांग्रेसलाई पुरानो अवस्थामा ल्याउने दाबी गरे। डा कोइरालाले हालसम्म उपनिर्वाचनले कांग्रेसलाई धेरै पाठ सिकाएको उल्लेख गर्दै पार्टीका कमीकमजोरीलाई सुधार गर्दै लाग्नुपर्ने आवश्यकता औँल्याए।

कांग्रेस मोरङ प्रदेश क्षेत्र नं ५ (२), ६(२) र महानगर समितिको प्रदेश क्षेत्र एवं महानगर संयुक्त सम्मेलनको शुक्रबार उद्घाटन गर्दै उनले अयोग्य लडाकुलाई आजको आर्थिक अवस्थामा रकम होइन रोजगारी दिनुपर्ने बताउँदै मुलुकको वर्तमान अवस्थामा शिक्षक कर्मचारीलाई पेन्सन नपाइरहेको एवं ऋण लिएर कर्मचारीलाई तलब खुवाउने अवस्थामा रु दुई लाख दिने निर्णय गलत भएको विचार राखे।

प्रतिक्रिया दिनुहोस्