शुक्लाफाँटा आरक्षित पीडितहरूले मुआब्जा लागि दिए प्रधानमन्त्रीलाई ज्ञापनपत्र



काठमाडौँ । सुदूरपश्चिमको कञ्चनपुरमा रहेको शुक्लाफाँटा आरक्षण पीडितको समस्या समाधान गर्न प्रधानमन्त्री पुष्पकमल दाहालले ‘प्रचण्ड’ ज्ञापनपत्र बुझाएका छन् । बुधवार शुक्लाफाँटा आरक्षण पीडित क्षेत्रका विभिन्न राजनीतिक दलका प्रतिनिधिसहित सिंहदरबारमा प्रधानमन्त्री प्रचण्डको कार्यालयमा प्रधानमन्त्री र मन्त्रिपरिषद्लाई ज्ञापनपत्र  बुझाएका हुन् ।

ज्ञापनपत्रमा विना  ढिलाइ पीडितलाई क्षतिपूर्तिसहितको मुआब्जा मिलाउन अधिकार प्राप्त आयोग वा नवगठित आयोग गठन गर्न सरकारको आश्वासन दिएको छ । आरक्षित पीडित जयबहादुर रोके, हरिश दयाल, महेश जोशी र रमेश मह्रद्धले हस्ताक्षर गरेको ज्ञापनपत्रमा आयोगले प्रस्ताव गरेको दीर्घकालीन समस्या समाधानका लागि विभिन्न ब्लक बनाएको शुक्लाफाँटा नगरपालिका, वानहारा नदी पश्चिम, कुकाठका बुट्यान, चोरझाला क्षेत्र र बैसेविचुवा मेडिकल कलेजले माग गरिएको छ । सरकारले पनि पीडितहरुलाई जग्गा उपलब्ध गराउने बताए ।

ज्ञापनपत्रमा पीडित परिवारलाई जीविकोपार्जनमा परेको कठिनाइलाई ध्यानमा राखी रोजगारीको व्यवस्था  गर्न माग गरिएको छ । प्रधानमन्त्री प्रचण्डले माग पत्र बुझ्दै आफूहरूले मागको सम्बोधन गर्ने बताएका छन् ।

ज्ञापनपत्र बुझाउन अखिल नेपाल किसान महासङ्घ (क्रान्तिकारी)का केन्द्रीय अध्यक्ष सीताराम तामाङ, नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी) आयोजक समितिका सदस्य रामबहादुर महरा, हरि सुवेदी, जयबहादुर रोके, जानकी भट्टराई सिंहदरबार पुगेका थिए ।

प्रतिक्रिया दिनुहोस्