सर्भियाको स्कुलमा नाबालिगले गोली चलाउँदा ९ जनाको मृत्यु , ७ घाइते



काठमाडौँ । सर्भियाको राजधानी बेलग्रेडस्थित एक प्राथमिक स्कुलमा गोली चल्दा  ९ जनाको मृत्यु भएको छ । गोली चल्दा अन्य  भने ७ जना घाइते भएका छन् ।

एक नाबालिगले आफ्नै स्कुलमा गोली चलाउँदा आठ जना विद्यार्थी र एक जना सुरक्षा गार्डको ज्यान गएको हो । ६ जना विद्यार्थी र एक जना शिक्षक घाइते भएका बिबिसीले जनाएको छ ।

राष्ट्रपति एलेक्जेन्डर बुसिकले यो घटनालाई देशकै सबैभन्दा कठिन दिन भन्दै तीन दिन शोकको घोषणा गरेका छन् । प्रहरीका अनुसार गोली चलाउने व्यक्ति १३ वर्षीय नाबालिग रहेका छन् । उनले आक्रमणको योजना पहिलेदेखि बनाएको र क९कसलाई मार्ने भनेर सूची तयार पारेको  प्रहरीले जनाएको छ ।

उनले आफ्नै बुवाको लाइसेन्स प्राप्त बन्दुकले आक्रमण गरेका थिए । स्कुलमा आक्रमण गर्नुभन्दा अगाडि उनी आफ्नो बुवासँगै सुटिङ प्रशिक्षणमासमेत गएको पाइएको  प्रहरीले जनाएको छ । प्रहरीले उनलाई र उनका बुवालाई पनि पक्राउ गरेको छ ।

प्रतिक्रिया दिनुहोस्