नेपाल आइपुगे बलिउड अभिनेता आमिर खान



काठमाडौं । बलिउड अभिनेता आमिर खान नेपाल आएका छन्। उनी भिस्तारा एयरलाइन्सको यूके १५१ विमानबाट आइतबार बिहान नेपाल आएका हुन्। आमिरलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पूर्वराज्यमन्त्री एवं उद्योगी रूप ज्योतिले स्वागत गरेका छन्।

आमिर विमानस्थलबाट सिधै बुढानीलकण्ठ गएका छन्। बुढानीलकण्ठस्थित विपश्यना केन्द्रमा आमिरले १० दिन ध्यान गर्ने बताइएको छ।

प्रतिक्रिया दिनुहोस्