बैठकमा सांसदको उपस्थिति कमजोर हुन दुखको कुरा  : सभामुख देवराज घिमिरे



काठमाडौँ । सभामुख देवराज घिमिरेले संसद् बैठकमा सांसदहरूको उपस्थिति कमजोर हुने गरेकोमा दुखेको पोखेका छन् । सङ्घीय संसद्को वर्षे अधिवेशन (बजेट अधिवेशन) अघि बसेको कार्य व्यवस्था परामर्श समितिको बैठकमा सभामुख घिमिरेले  संसद्मा सांसदहरूको उपस्थितिलाई लिएर चिन्ता जनाएका हुन् ।
उनले भने, ‘संसद्मा माननीयहरूको उपस्थिति कमजोर भएको छ । सांसद तलब भत्ता खान मात्र बैठकमा आउँछन् भन्ने आम बुझाइ छ । दल तथा माननीयज्यूहरूलाई बैठकमा नियमित र प्रभावकारी उपस्थितिका लागि ध्यानाकर्षण गराउँदछु ।’ प्रतिनिधिसभाको अघिल्लो अधिवेशनमा दुई वटा बैठकमा गणपूरक सङ्ख्या नपुगेर विधेयक अगाडि बढाउने प्रक्रिया रोकिएका थिए ।
प्रतिक्रिया दिनुहोस्