झापामा बस्ने भनिएको एमालेको केन्द्रीय कमिटी बैठक काठमाडौँमा



काठमाडौँ । नेकपा एमालेको आगामी वैशाख २८ मा झापामा बस्ने भनेको केन्द्रीय कमिटीको बैठक काठमाडौँमा बस्ने भएको छ । एमालेले यसअघि केन्द्रीय कमिटीको बैठक २८ देखि ३० वैशाखसम्म झापामा बस्ने तय गरेको थियो ।

संसद्को बजेट अधिवेशन सुरु भएकाले नेताहरू संसद् बैठकमा व्यस्त हुनुपर्ने लगायतका कारणले केन्द्रीय कमिटी बैठक काठमाडौँमानै सारिएको जनाइएको छ ।

४ मङ्सिर को आम चुनावपछि बस्न लागेको यो एमालेको पहिलो केन्द्रीय कमिटी बैठक हो । केन्द्रीय कमिटी बैठकअघि सोमबार केन्द्रीय कार्यालयको र मङ्गलवार सचिवालयको बैठक बोलाइएको छ ।

प्रतिक्रिया दिनुहोस्