जेठ देखी संसद्मा प्रधानमन्त्रीसँग ‘फेस टु फेस’ प्रश्नोत्तर



काठमाडौँ । संसद्मा अब प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर हुने भएको छ । सभामुख देवराज घिमिरेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको प्रत्यक्ष प्रश्नोत्तर जेठ महिनादेखि सुरु हुने बताएका हुन् ।

प्रतिनिधिसभा कार्यावस्था परामर्श समितिको आइतबार बसेको बैठकमा उनले नियमावलीअनुसार प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर जेठ महिनादेखि सुरु हुने बताएका हुन्। सभामुख घिमिरेले प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तरका लागि कानुन मन्त्री, दलका प्रमुख सचेतकहरू सँग छलफल गरेर समय निर्धारण गरिने बताए ।

प्रतिक्रिया दिनुहोस्