फिल्म हेर्न आतुर छौँ, सबै काण्डको छानबिन गरौँ : पदम गिरी



काठमाडौँ । नेकपा एमालेले जुनसुकै क्षेत्रमा भएको भ्रष्टाचार र अनियमितताको छानबिन गर्न माग गरेको छ । आइतबार बसेको संसद्को बैठकमा बोल्दै एमाले संसदीय दलका प्रमुख सचेतक पदम गिरीले अहिलेसम्म भएका सबै भ्रष्टाचार र अनियमितताको छानबिन गर्नुपर्ने बताएका हुन् ।

प्रधानमन्त्रीले यो त टेलर मात्र हो, फिल्म आउन बाँकी नै छ भनेको सुनेको भन्दै उनले भने, ‘फिल्म हेर्न आतुर छौँ, टिकट काटेर बसेका छौँ । वाइड बडीको छानबिन गरौँ, बाँसबारीको छानबिन गरौँ, मातातीर्थको छानबिन गरौँ । यती, ओम्नी र लडाकु शिविर काण्डको छानबिन गरौँ ।’

प्रतिक्रिया दिनुहोस्