रायमाझीलाई ल्याएर कानुनको दायर ल्याउनुमा एमालेको कल्याण : माधव सापकोटा



काठमाडौँ । पक्राउ पुर्जी जारी भएपछि सम्पर्कमा नरहेका एमाले सांसद टोपबहादुर रायमाझीलाई कानुनी दायरमा ल्याउन माओवादी केन्द्रले नेकपा एमालेलाई आग्रह गरेको छ ।

आइतबार प्रतिनिधिसभाको बैठकमा आकस्मिक समयमा एमालेका सांसदहरूले भ्रष्टाचारको विषयमा विगतका अन्य फाइलहरू पनि खोलिनुपर्ने बताएपछि माओवादीले आरोप लागेका पात्रलाई सार्वजनिक गर्न भनेको हो ।

माओवादी केन्द्रका सांसद माधव सापकोटाले भने , प्रमुख प्रतिपक्ष भ्रष्टाचारीलाई कारबाही गर्नका लागि इमानदार हो भने आरोप लागेका व्यक्तिलाई कानुनको दायरामा ल्याउन सहयोग गर्नुपर्ने बताउँछन् । उनले भने, इमानदारीपूर्वक टोपबहादुर रायमाझीलाई ल्याएर कानुनको दायरमा बुझाउनुहोस्, त्यसैमा तपाईँहरूको कल्याण छ ।

प्रतिक्रिया दिनुहोस्