पुरुषहरूले मेलै राजनीति गरेको सहन सकेका छैनन् : आरजु राणा



काठमाडौँ । नेपाली काँग्रेसकी सांसद आरजु राणाले सबै सांसदको सम्पत्ति विवरण स्रोतसहित वेबसाइटमा  बनाउनु आजको आवश्यकता रहेको बताएकी छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा आकस्मिक समयमा बोल्दै उनले यस्तो माग गरेकी हुन् ।

उनले भनिनन् , ‘हामी जति सांसद छौँ, जहिलेदेखि बनेका छौँ, सबैको सम्पत्ति विवरण प्रकाशित होस् । हाम्रो वेबसाइटमा राखियोस् । जनताले देखोस् । कसको के थियो कहिले थियो कसको बढ्यो कसको घट्यो के स्रोत हो ?’

आरोपका लागि आरोप लगाउने गरी भ्रष्टाचारको विषय उठाउने र अर्को व्यक्ति उपर आरोप लगाउने कार्य मात्रै गरेर समस्याको समाधान नहुने उनको भनाइ रहेको छ ।

आइतबारको संसद्मा आरजुले भ्रष्टाचार काण्डमा आफूमाथि निराधार आरोपहरू लगाइएको भन्दै यो देशमा एउटा नारीले आफ्नो हैसियतमा राजनीति  पनि गर्न नदिएको बताएकी छन् । उनले आफ्नो राजनीतिकमा पुरुषहरूलाई असह्य भएको  बताउँदै मैले केही बिराको छैन, म केही डराको छैन उनले भनिनन् ।

 उनले भनिनन्, ‘यो भ्रष्टाचारको कुरामा हामी साँच्चीकै कत्ति सिरियस छौँ भन्ने ठुलो प्रश्न छ। म नभको दिनमा मेरो नामलाई इङ्गित गरेर अनेक थरी यहाँ (संसद्मा) प्रश्नहरू उठेको छ र आज पनि उठेको मैले पाको छु। एउटा नारीले आफ्नो हैसियतमा राजनीति गरेको यो देशमा सह्य हुँदैन, पुरुषले भनेको ठाउँमा मात्र नारीले बस्नुपर्ने, उनीहरूले भनेको मात्र हामीले भाष्य बोल्नुपर्ने उनीहरूले भनेको मात्र हामीले एक्सरसाइज गर्नुपर्ने।’

आरजुले आफ्ना श्रीमान् काँग्रेस सभापति ५र६ पटक प्रधानमन्त्री भइसकेका र आफूहरूको सम्पत्ति विवरण सरकारसँग सुरक्षित रहेको बताइन्। सबैको सम्पत्ति विवरण सरकारले राखोस्। साँच्चिकै गर्ने हो भने सबैको सम्पत्ति विवरण वेबसाइटमा राखियोस्, जनताले देखोस् , उनले भनिनन् । नक्कली भुटानी शरणार्थी प्रकरणमा आरजु र पूर्व गृहमन्त्री बालकृष्ण खाँणकी पत्नी मञ्जु खाणले पैसा लिएको अडियो टेप सार्वजनिक भएको छ।

प्रतिक्रिया दिनुहोस्