नक्कली शरणार्थी प्रकरणमा केपी शर्मा ओलीलाई पनि कारबाहीको दायरामा ल्याइनु पर्छ : मेटमणि चौधरी



काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सांसद मेटमणि चौधरीले नक्कली शरणार्थी प्रकरणमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार नै यसमा सङ्लन रहेको बताएका छन् । आइतबारको प्रतिनिधि सभाको बैठकमा बोल्दै तत्कालीन गृह सचिवले समेत नेपालीलाई भुटानी बनाउन खोजिएको विषय स्वीकार गरिसकेको उनले बताएका  हुन् ।

‘तत्कालीन समयमा मन्त्रीहरू, उच्च पदस्थ कर्मचारीको नामसमेत मुछिन थालिएको छ र स्वीकार गर्ने क्रम जारी छ । मलाई के लाग्छ भने तत्कालीन सरकार नै यो आपराधिक कार्यक्रम लागेको छ। त्यति बेलाको प्रधानमन्त्री लाईसमेत कारबाहीको दायरामा ल्याउनुपर्छ । अनि मात्रै भ्रष्टाचारीको अनुहार कस्तो छरु त्यो कुरा पत्ता लाग्न सक्छ’, उनले भने ।

प्रतिक्रिया दिनुहोस्