काँग्रेस पार्टीभित्र गगनको असन्तुष्टिको ‘अब त अति भयो’



काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री गगन कुमार थापाले पार्टीभित्र आफूले राखेका माग र जायज कुराहरूको सम्बोधन नभएको भन्दै उनले अब कसैकालागि भन्दै सहेर बस्न नसकिने बताएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा पार्टीको नेतृत्वप्रति असन्तुष्टि जनाउँदै आफ्नो आक्रोश पोखेका हुन् । उनले फेसबुक स्टाटसलमा आफ्ना पार्टीका नेताहरूप्रति असन्तुष्टि पोखेका हुन् ।

अहिलेसम्म पार्टीको जिम्मेवारी र सीमाका कारण प्रतिरोध गर्न नसके पनि अब मौन नबस्ने गगनको भनाइ छ ।उनले लेखेका छन्, ‘कहिले प्रक्रिया चित्त बुझेन, कहिले पद्धति, कति निर्णयहरू मन परेनन्, कति आफूले राखेका विषयले प्रवेश नै पाएनन्, धेरै पटक लाग्यो प्रतिरोध गरूँ । तर, हरेक पटक सोचेँ, म जिम्मेवारी लिएर बसेको छु, एउटा सीमा छ । त्यसैले कहिले मौन रहेँ त कहिले भित्रै आफ्ना मत र अडान राखेँ, लडेँ, साथीहरूलाई सम्झाएँ । तर, अब त अति भयो १’

प्रतिक्रिया दिनुहोस्