प्रदेशको संरचना दशेको आर्थिक विकासको बाधक बन्यो : राजेन्द्र लिङ्देन



काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले प्रदेश खारेज  माग गरेका छन् । अर्थमन्त्री डा. प्रकाशशरण महतले पेस गरेको बजेटका सिद्धान्त र प्राथमिकतामाथि मङ्गलवार प्रतिनिधिसभामा धारणा राख्दै लिङ्गदेनले  देशको आर्थिक विकासको बाधक अहिलेको प्रदेश संरचना रहेको बताएका छन् ।

 उनले भने,‘इमान्दारितापूर्वक भन्ने हो भने हाम्रो अनुत्पादक क्षेत्र भनेको हिजो आन्दोलनको रापतापमा ल्याएको प्रणाली हो । अहिलेको प्रणालीमा हामीले संशोधन नगरेसम्म यति ठुलो सङ्ख्याको जनप्रतिनिधिको सङ्ख्या कटौती नगरेसम्म, यो प्रदेश भन्ने खारेज नगरेसम्म हाम्रो अर्थतन्त्र ठिक ठाउँमा आउँदैन, अनुत्पादक क्षेत्र सबैभन्दा ठुलो यो क्षेत्र हो ।’ उनले सङ्घीयता सही आचरणबाट आएको भए पनि अहिले यो आवश्यक नभएको र विकासको बाधक रहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्