अहिलेकै जोडी रहे भने प्रधानमन्त्रीको फिल्म सुपर फ्लप हुने : योगेश भट्टराई 



काठमाडौँ । नेकपा एमालेका सांसद योगेशकुमार भट्टराईले  अहिलेको सरकारले देशको अर्थतन्त्र उकास्न नसक्ने बताएका छन् ।  आज मङ्गलवार प्रतिनिधिसभाको बैठकमा सरकारले प्रस्तुत गरेका बजेटका सिद्धान्त र प्राथमिकताका बारेमा बोल्दै उनले वर्तमान गठबन्धन परिवर्तन नगर्ने हो भने देशको अर्थतन्त्र धरासय हुँदै जाने बताएका हुन् ।

वर्तमान सरकारलाई विदेशी र नेपाली लगानीकर्ताले  विश्वास  गर्ने वातावरण पनि नरहेको बताएका छन् । अहिलेकै जोडी बनाइरहने हो भने प्रधानमन्त्रीको फिल्म सुपर फ्लप हुने निश्चितप्रायः रहेको उनको भनाइ रहेको छ । सांसद भट्टराईले वर्तमान अर्थतन्त्र उकास्नका लागि सत्ता गठबन्धनमा फेरबदल  हुनु आवश्यक रहेको बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्