नक्कली भुटानी शरणार्थी प्रकरणमा थप २ जना पक्राउ परे 



काठमाडौँ । नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै ठगेको घटनामा संलग्न भएको आरोपमा थप २ जना पक्राउ परेका छन् । काठमाडौँ टोखाका रामशरण केसी र मोरङका गोविन्द चौधरी पक्राउ परेका हुन् । उनीहरूलाई उपत्यका अपराध अनुसन्धान काठमाडौँको टोलीले पक्राउ गरेको हो ।

यसअघि पक्राउ परेकाहरूले दिएको बयानका आधारमा अनुसन्धान गर्दा उनीहरूको पनि संलग्नता देखिएकाले प्रहरीले पक्राउ गरेको हो ।

प्रतिक्रिया दिनुहोस्