शरणार्थी प्रकरणबारे संसदलाई जानकारी गराउन रुलिङ



काठमाडौँ । सभामुख देवराज घिमिरेले नक्कली भुटानी शरणार्थी प्रकरणका सम्बन्धमा संसदमा जानकारी गराउन सरकारलाई रुलिङ गरेका छन् । आज बुधबारको प्रतिनिधिसभा बैठकमा सभामुख घिमिरेले नक्कली शरणार्थी प्रकरणको सम्बन्धमा संसदमा जानकारी गराउन सरकारलाई रुलिङ गरेका हुन् ।

संसदमा राजेन्द्र लिङ्देनले सरकारलाई चाँडोभन्दा चाँडो संसदलाई सो प्रकरणको सम्बन्धमा जानकारी गराउन माग गरेका थिए । vसंसद बैठकमा जानकारीको माग उठेपछि सभामुखले सरकारको ध्यानाकर्षण गराएका हुन् ।

प्रतिक्रिया दिनुहोस्