भुटानी शरणार्थी प्रकरणमा कसैले पनि हस्तक्षेप नगर्ने सहमति 



काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा प्रहरीले थालेको अनुसन्धानमा कतैबाट पनि हस्तक्षेप नगर्ने विषयमा सहमति भएको छ । आज बसेको शीर्ष तिन दलका नेताहरू बैठकले उक्त निर्णय गरेको हो ।

सिंहदरबारमा बुधवार भएको तीन दलको बैठकपछि पत्रकारहरूसँग प्रतिक्रिया दिँदै प्रधानमन्त्री प्रचण्डले भने , ‘हामीले स्पष्ट भाषामा भनेका छौं । दोषी नछुटुन् र निर्दोष नपरून्। प्रहरीले आफ्नो काम गरिरहेको छ । जे भइरहेको छ नियम र विधि पद्धतिअनुसार काम भइरहेको छ । प्रहरीको अनुसन्धानमा कुनै डिस्टर्ब गर्नुहुन्न भन्नेमा हाम्रो सहमति भएको छ ।’

आजको बैठकमा उनले सदन कसरी अगाडी बढाउने समितिहरू कसरी बनाउने विषयमा छलफल मात्रै भएको बताए । उनले भने, ‘ मिडियामा प्रचार भए जसरी तीन जनाको भेट भएको होइन । सदन कसरी अगाडि बढाउने, समितिहरू कसरी बनाउने भन्नेबारे छलफल भएको हो । आशङ्का गर्नुपर्ने कारण छैन ।’

प्रतिक्रिया दिनुहोस्