जसपाको विधान महाधिवेशन सर्‍यो



काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) ले पार्टीको विधान महाधिवेशन सरेको छ ।  यसअघि १,२ र ३ जेठमा गर्ने तय गरेको जसपाले विधान अधिवेशन आज बुधवार बसेको कार्यकारिणी समितिको बैठकबाट असारको ९, १० र ११ मा  काठमाडौँमा गर्ने निर्णय गरेको हो । जसपाले सांसदबाट दुई पटक पारित भई राष्ट्रपतिसमक्ष पेस गरिएको नागरिकता सम्बन्धी विधेयक अविलम्ब पारित गरी कार्यान्वयनमा ल्याउन समेत सरकारलाई आग्रह गरेको छ ।

पछिल्लो समय प्रदेश १ को नामकरणका विषयमा उत्पन्न विवादमा छलफल गरी समस्या समाधान गर्न  जसपाको माग रहेको छ ।  ‘जारी आन्दोलनमा दमन बन्द गरी प्रदेशको पुनः नामकरणका लागि आन्दोलनकारी पक्षसँग वार्ताद्वारा समस्या समाधान गर्न प्रदेश तथा सङ्घीय दुवै सरकालाई झकझक्याउने निर्णय गरेका छौ’,जसपा प्रवक्ता मनिष सुमनले भने । आफ्नो पार्टीबाट सरकारमा सहभागी हुने एक मन्त्रीको नाम आज टुङ्ग्याउने भने पनि आजको बैठकमा उक्त विषयमा छलफल हुन सकेन ।

प्रतिक्रिया दिनुहोस्